आखिर के भयेको रहेछ रिमा बिश्वोकर्मको बैबाहिक जिवन पुरा पढनुहोस ॥


समयका माग हो यात समयको रितीनै यस्तो नायिका रीमा विश्वकर्माले श्रीमान रोबर्ट विश्वकर्मालाई डिभोर्स दिइन् र रोबर्टले मोरङकी वर्षा रसाइलीसँग जोडी बाध्ने निधो पनि गरिहाले रोबर्टको यो खबर शनिवार एकाएक बाहिरियो । एकपटक त सबै हैरानमा परे । विवाहपछि यो जोडीको एकपटक पनि सम्बन्ध विग्रिएको खबर बाहिर आएको थिएन ।
यस्तो समाचारलै हैरान हामीले रिमा सँग सम्पर्ग गर्दा सम्पर्ग हुन सकेन । तर अन्तता रीमाले फेसबुकमा एक स्टाटस लेख्दै घुमाउरो शैलीमा रोबर्टसँग आफ्नो सम्बन्ध टुंगिएको बताएकी खुलाएकी छिन् । उनले जिन्दगी सधै सोचे जस्तो नहुने भन्दै तत्काल यस विषयमा आफू कुनै पनि प्रश्नको उत्तर दिन असमर्थ रहेको उल्लेख गरेकी छिन् । समयले दिएको चोटलाई उनले अहिले सहजै मलम पट्टीगर्ने सामर्थ नराखेकी पनि हुन सक्छीन् ।

‘म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु। म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु, शुभेक्क्षुकहरु अनि मेरा आफन्तहरु जसले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ । यहाँहरुले म प्रति देखाउनुभएको सद्भावप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो असहज परिस्थितिमा म यहाँहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु।

यति बेला मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण विश्वास छ। जिन्दगी सधै सोचे जस्तो त पक्कै हुँदैन र समय सधै एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै वितेर जानेछ। मेरो कोहिं प्रति पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रति कृतज्ञता व्यक्त गर्छौं ।’ उनले फेसबुकमा लेखेकी छिन् ।

उता रोबर्टले भने वर्षासँग टिकाटालो गरे यूके फर्किसकेका छन् । स्रोतका अनुसार, करीब २ साता अगाडि रीमा र रोबर्टको आपसी समझदारीमा डिभोर्स भएको हो । 

म्यूजिक भिडियोसँगै एपीवानले सञ्चालन गरेको ’नेपाल आइडल’मा व्यस्त भएपछि रीमाको श्रीमानसँग सम्बन्ध चिसिँदै गएको थियो ।

हेर्नुहोस यो भिडियो