चितवन पुगिन् प्रकाशकी जेठी पत्नी सृजना प्रचण्डलाई बधाई दिन !!!!!!!!


काठमाडौँ । चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका बीच पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसीको क्षण प्राप्त बनेको छ।उनको जीतले प्रचण्डको परिवारलाई पुनः एक ठाउँमा ल्याएको छ । सोमबार दिउँसो छोरी रेणु दाहालले पूरा परिवारले प्रचण्डलाई बधाई दिएको तस्विर सार्वजनिक गरेकी थिइन् । यसैबीच, चुनावी अभियानमा कास्कीमा खटिएकी दिवंगत प्रकाश दाहालकी जेठी पत्नी पनि यतिबेला चितवन पुगेकी छिन् । प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई हजुरबुवा प्रचण्डसँग छाडेर कास्कीमा चुनावी अभियानमा होमिएकी सृजना आज चितवन पुगेर बधाई दिएकी हुन् ।
-रातोपाटिबाट