चितवनको ‘माडीलाई मणि बनाउँछौं : ओली र दाहाल


मंसिर १७, २०७४- स्थानीय तह निर्वाचन देखि सर्वाधिक चर्चामा रहेको चितवनको माडीमा आईतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गर्नु भएको छ । दुवैले माडीलाई ‘मणि’ बनाउने उद्धघोष गर्नुभयो । दुवै नेताले माडीको बसन्तपुर बजारमा आयोजित चुनावी सभामा माडीलाई ‘मणि’ बनाउने प्रतिबद्धता जनाउनुभयो । 

 एमाले अध्यक्ष ओलीले समृद्ध साच्चिकै ‘मणि’ बनाउन वाम गठबन्धनले पहल चालेको बताउनुभयो । ‘अहिलेको माडी कस्तो छ र वाम गठबन्धनको सरकार पछि कस्तो हुन्छ हेर्दै जानुस,’ उहाँले भन्नुभयो, ‘देशमा नाकाबन्दी हुँदा यही माडी र ठोरीले ठुलो मद्दत गर्‍यो । इन्धन, ग्यास जस्ता अत्यन्त आवश्यक वस्तु भित्र्याउने महत्वपूर्ण नाकाको भूमिका निर्वाह गर्‍यो । त्यसैले अध्यक्ष दाहालले माडीलाई ‘मणि’ बनाउँछु भन्ने गरेको संकल्पलाई मेरो समर्थन छ ।’ एमाले अध्यक्ष ओलीले ५ वर्ष पछि माडीले विकासको फड्को मार्ने दावी गर्नुभयो । ओलीले जनयुद्धका बेला बाँदरमुढे घट्ना हुनुमा अध्यक्ष दाहालले माफि मागी सकेकोले अब यसलाई बहस नगर्न आग्रह गर्नुभयो ।

 ‘जनयुद्धका बेला माओवादी सित सबै भन्दा बढी मै रिसाउँथे’, उहाँल।े भन्नुभयो, ‘विगतमा कसले के गर्‍यो भन्ने तिर हैन अब पुराना कुरा बिर्सनु पर्छ । ठुलो त्याग गरेर यो अवस्थामा आईपुगेका हांै ।’ वाम गठबन्धन र पार्टी एकता गराउन आफु २० घण्टा खट्ने गरेको उहाँको तर्क थियो । ‘अर्काको मागेर किड्नी हालेको छु । मागेको किड्नीले कति काम गर्नु । त्यही पनि पार्टीका लागि खट्ने गरेको छु,’ उहाँले भन्नुभयो, ‘तपाई युवाहरु पनि पार्टीका लागि खट्नुस । सभामा माओवादी केन्द्रका अध्यक्ष दाहालले समृद्ध माडी र माडीलाई ‘मणि’ बनाउने आफ्नो सपना रहेको दोहोर्‍याउनुभयो । ‘यतिखेर सिङो देश माडीमा केन्द्रित छ,’ उहाँले भन्नुभयो, ‘अब माडी ‘मणि’ बन्छ तपाईहरु ढुक्क हुनुस ।’ 

उहाँले बाँदरमुढे घट्नामा पार्टीको गल्ति भएको भन्दै सभामै माफि समेत माग्नुभयो । सभा पुग्न अघि दाहालले बाँदरमुढे घट्नाका केही पीडितसँग नगरपालिकाको कार्यकक्षमा ३ बुँदे लिखित सहमति गर्नुभएको थियो । अध्यक्ष दाहालले केही मानिसले बाँदरमुढे घट्नालाई भजाएर खाने गरेको आरोप समेत लगाउनुभयो । घट्ना पछि बनेको बाँदरमुढे पीडित सघर्ष समितिका पदाधिकारीहरु नआए पछि उहाँले यस्तो आरोप लगाउनु भएको हो । पीडित ब्यानर बोकेरै सभास्थल नजिक पुगे पछि दाहालले आफुलाई निकै खुशी लागेको उल्लेख गर्नुभयो । सभामा घट्नाका पीडितलाई वाम गठबन्धनको सरकार बने पछि प्राथमिकतामा राखेको उहाँले आश्वासन दिनुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले चिन, भारत जस्ता छिमेकी मुलुकसँगको ब्यापार र रेल मार्गलाई प्राथमिकतामा राखेको बताउनुभयो । दाहाल शिवनगरबाट गाडीमा माडी पूगनु भएको थियो । बाँदरमुडे सघर्ष समिति रुष्ट जनयूद्धका बेला २०६२ जेठ २३ गते माडीको बाँदर मुडेमा माओवादीले थापेको एम्बुसमा परि बाँचेकाहरु मध्येका केही घाईते सित माओवादी केन्द्रका अध्यक्ष दाहालले ३ बुदे लिखित सहमति गर्नुभएको छ ।

 आईतबार माडी नगरपालिकाको कक्षमा अध्यक्ष दाहालले घट्नाका केही पीडित पक्षसँ मृतकका आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवन वृति, बालबालिकाको पठक पाठनको ब्यवस्था, घाईतेको अवस्था हेरी औषधी उपचारको ब्यवस्था, घट्नास्थलमा मृत्यु भएकाहरुको सम्झनामा स्मारक, मनुना संग्रालय, तथा चिडिया घर र माडीलाई पर्यटकीय स्थल बनाउने जस्ता बुँदामा सहमति गर्नुभएको हो । घट्नामा घाईते बाँदुमुडेकी नरमाया आचार्यले सहमति पछि आफुहरु खुशी भएको बताईन ।

 यता घट्ना पछि गठित बाँदरमुडे घट्ना पीडित सर्घष समितिका पदाधिकारीले आफुहरुलाई सम्झौताका बारेमा केही थाहा नभएको बताएका छन् । अध्यक्ष दाहाल सित भएको सम्झौताका बेला समितिका पदाधिकारीहरु थिएनन् । समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले अध्यक्ष दाहालले केही पीडितलाई प्रलोभनमा पारेर सहमतिको नाममा गरेको सम्झौताले स्तब्ध बनेको बताए । जनमोर्चा र केही एमालेका साथीहरु घट्नाका पीडित छन । उनीहरुलाई फकाएर सम्झौताको नाममा गुमराहमा पार्ने काम गरको भन्दै समितिका पदाधिकारी आक्रोसित छन् ।

 ‘समितिका कुनै पनि साथीहरुलाई थाहा छैन,’ उनले भने, ‘बोलाएको भए गईन्थ्यो । हाम्रो माग भनेको न्याय र शान्ति सुरक्षा हो । तर घट्नामा संलग्नलाई माफि दिईने काम गरे । यसले पीडितलाई झन पीडा दिने काम गर्‍यो ।’ सम्झौताको नाममा पीडितलाई न्यायको साटो झनै पीडित बनाउने काम गरेको अरोप छ । बाँदरमुडे घट्ना पछि ९ सदस्यीय सघर्ष समिति गठन गरिएको थियो । बाँदरमुडे घट्ना संधै चर्चामा छ ।


Source : ekantipur