देउखुरीमा एक महिलाको जलेर मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया स्थित सुरेन्द्ररमण पुनको घरमा डेरा गरेर वस्ने ५० वर्षिय क्वारादेवी शाहीको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शनिवार राती करिव २:५० बजेको समयमा ग्याँस लिक भएर आगो लागेको हुन सक्ने र त्यही आगोमा जलेर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । खाना पकाएर ग्याँस राम्रो संग वन्द नगरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
आगो लाग्दा कोठामा रहेका सवै सामान जलेर नष्ट हुदा तिन लाख ५० हजार वढीको क्षती भएको प्रहरीले जनाएको छ । कोठामा लागेको आगो प्रहरी, दमकल र स्थानीय वासिन्दाको सहयोगमा विहान साढे ४ बजे नियन्त्रणमा लिइएको थियो ।
