गोपालमान श्रेष्ठलाई ३ हजार ७ सय ६ मतान्तरले हराएकी एमालेनेत्री पद्माकुमारी अर्याल ४ नम्बर प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित एक्ली महिला हुन्।

मंसिर २८, २०७४-कांग्रेसका प्रभावशाली नेता एवं उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३ हजार ७ सय ६ मतान्तरले हराएकी एमालेनेत्री पद्माकुमारी अर्याल ४ नम्बर प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित एक्ली महिला हुन्। प्रतिनिधिसभामा जित्ने ६ महिलामध्ये उनी एक हुन्।
अर्यालले ३५ हजार १ सय ४२ मत ल्याइन्। श्रेष्ठले ३१ हजार ४ सय ३६ मत पाएका थिए । ०५६ सालको आम निर्वाचनमा नेकपा मालेबाट उम्मेदवार रहेकी अर्यालले श्रेष्ठसँगै प्रतिस्पर्धा गरेकी  थिइन्। तर पराजित भइन्। पार्टीमा वामदेव गौतम लाइनकी मानिने उनी ०६४ मा एमालेबाटै समानुपातिक कोटामा सभासद भइन्। यसपटक पुनस् श्रेष्ठकै प्रतिस्पर्धी भएर चुनाव जित्न उनलाई एमाले–माओवादी गठबन्धनलेठूलो मद्दत गर्‍यो
‘सानो दुखले यहाँ आइपुगेकी छैन,’ उनी भन्छिन्, ‘पटक–पटक मररे बाँचेकी मान्छेहुँ। आज जनताले माया गर्नुभयो। जनताको मन कहिल्यै दुखाउने छैन ।’ अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक निकै परिश्रम परेको उनले बताइन्। ‘पार्टी, मेरा श्रीमान् र शुभेच्छुक मतदाता सबैको सहयोग रह्यो,’ उनलेभनिन्,‘उपप्रधानमन्त्रीसँग प्रतिस्पर्धा राज्यसँग जुध्नु बराबर थियो।’
त्यसोत यसपटक मतदानको तीन दिनपछि मात्रै मतगणना थालिएको थियो। एकअर्काले बुथ कब्जा गरेको  आरोपमा छानबिनको माग गर्दै वाम गठबन्धन र कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टाछुट्टै उजुरी दिएपछि सदरमुकामको स्थिति नै तनावपूर्ण भएको थियो।
निर्वाचन आयोगलेगणना थाल्ने निर्देशनसहितको पत्र  शनिबार पठाए पनि आइतबार बेलुकाबाट मात्र गणना थालिएकोथियो।
वाम गठबन्धनले जिल्लाका प्रतिनिधिसभाको दुवै सिट र प्रदेशसभाका तीन सिट जितेकोछ । ‘त्यसैपनि महिलालाई घरबाट निस्केर राजनीतिकोमैदानमा उभिने अवसर कमैहुन्छ, त्यसमाथि बलियोप्रतिद्वन्द्वी भएको अवस्था थियो,’ अर्याल भन्छिन्, ‘हामीले हिम्मत हारेनौं, पार्टीलेपनि शीर्ष नेताहरू बोलाएर जिल्लामा सभा गर्‍यो। त्यसबाट पनि ठूलो बल मिल्यो।’
जिल्लाबाट उम्मेदवारीका लागि नाम सिफारिससँगै  आफ्नो पार्टी र अगुवा कार्यकर्ताले गाउँस्तरीय भेला र छलफल थालेकोउनले बताइन्। ‘हामीले चुनाव मात्रै कुररे बसेनौं, गाउँ गयौं, मतदाता भेटघाटमा खट्यौं,’ उनले भनिन्, ‘मलाई घरबाट निस्केर जित्नुपर्छ भनेर समय दिने, हिम्मत बढाउने मेरा पति लक्ष्मीपतिको पनि ठूलोसाथ रह्यो। उहाँको मात्रै असहयोग भएको भए पनि मलाई सजिलो थिएन ।’
अर्यालको प्रमुख एजेन्डा नै जिल्लालाई समृद्ध बनाउनु हो। वालिङ–१ त्रियासीकी ४९ वर्षीया अर्याल साबिक थुमपोखरा गाविसको तमादीमा जन्मिएकी हुन्। जिल्लामै आँटिली महिला नेत्री भनेर चिनिएकी उनी २०३९ सालदेखि राजनीतिमा सक्रिय छिन्।