घुस लिदै गर्दा तीन जना अख्तियारद्धारा रङ्गेहात पक्राउ, विदेशी लाईसेन्सलाइ नेपालीकरण गर्न कार्यलयका कर्मचारीले ३२ हजार घुस लिएको खुल्न आएको छ ।

घुस लिदै गर्दा तीन जना अख्तियारद्धारा रङ्गेहात पक्राउ, घटनास्थलबाटै रबि लामीछानेको लाईभ् हेर्नुस् कृष्ण कन्दङ्वा लिम्बु काठमाडौं । घुस लिंदा लिदैं अख्तियारको टोलीले यातायात ब्यावस्या कार्यलय सुकेधारा काठमाडौंका तीन जना कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको छ । विदेशी लाईसेन्सलाइ नेपालीकरण गर्न कार्यलयका कर्मचारीले ३२ हजार घुस लिएको खुल्न आएको छ । 

घुस लिने थाहा पाए सँगै अख्तियारको टोली यातायात कार्यालय पुग्दा सेवाग्राहीबाट कर्मचारीले घुस लिंदै गर्दा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा यातायात व्यावस्था कार्यलय सुकेधाराका नासु यादव पैडेल, खरिदार सुमन पोख्रेल र लेखापाल असोक शर्मा रहेको अख्तियारले बताएको छ । उनीहरुले कतारको लाइसेन्सलाइ नेपालमा मान्यता हुने बनाइदिने प्रकृया भइरहेको अवस्थामा अख्तियारको अनुगमन टोलीले पक्राउ गरेका हो । यस घटनावारे थप अनुसन्धान भईरेको घटनास्थलबाट पत्रकार रवि लामीछानेले बताएका छन् ।